२०८१-०८-०२
नेपाल नेत्रज्योति संघ डा. बिनोद निता कण्डेल आँखा अस्पताल, रामग्राम-०३, परासी र सुनवल नगरपालिकाबीच सो क्षेत्रमा बसोबास गर्ने नगरबासीका लागि नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा प्रदान गर्न साझेदारी सम्झौता सम्पन्न गरियो। यस कार्यक्रममा नगरपालिकाको अमूल्य सहयोग, समर्पण र समर्थनप्रति हामी हार्दिक कृतज्ञता प्रकट गर्दछौं।
यस महान् कार्यमा साथ दिनु हुने नगरपालिकाका प्रमुख, प्रशासकीय टोली, तथा सम्पूर्ण सहयोगी हातहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं। सुनवल नगरपालिकाका बासिन्दाको आँखाको ज्योति बचाउन हाम्रो प्रयासलाई सफल बनाउन यो पहल एउटा महत्वपूर्ण कदम सावित हुनेछ।
हामी सम्पूर्ण स्थानीयहरूलाई यो अवसरको फाइदा उठाउन आग्रह गर्दछौं। नि:शुल्क शल्यक्रिया कार्यक्रम ले अझ धेरै नागरिकलाई उज्यालो जीवन प्रदान गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ।
“सबैका लागि दृष्टि, स्वास्थ्य र उज्यालो संसार!”
Comment Here